नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा महावीर पुनकै निरन्तरता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष अवधि थप गरिएको छ ।
यही माघ २० गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महावीर पुनका बीच उक्त ब्राण्ड एम्बेसडर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बेसडरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बेसडरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्रीवृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. महावीर पुनजस्तो विशिष्ट व्यक्तित्व साथै आम नेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बेसडरको रुपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंक छनौट गरेकोमा उनीहरुप्रति हार्दिक आभार समेत व्यक्त गरे ।
नेपालभरि दुई सय १३ वटा शाखाहरु, एक सय ४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५ सय कर्मचारीहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाडि बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्ररुपमा व्यवसाय विस्तार गर्न सफल यस बैंकप्रतिको विश्वासको कारण नेपाल बैंक ग्राहकहरुकोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया