काठमाडौं । ओप्पोले इन्नो डे २०२१ मार्फत ओप्पो एयर ग्लास प्रदर्शित गरिसकेको छ । अत्याधुनिक एआर (एसिस्टेड रियालिटी) उपकरणमा ओप्पोद्वारा स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टर, अत्याधुनिक माइक्रो एलईडी र टर्च, आवाज, टाउकोको चाल र हातको चाल मार्फत प्रयोगकर्तालाई आवश्यक जानकारी सहज र तीव्र तरिकाबाट प्राप्त गर्न सकिने गरी चार भिन्न अन्तत्र्रिmयाको विकल्प सहितको बिस्पोक डिफ्राक्सन अप्टिकल वेभगाइड डिस्प्लेको प्रयोग गरिएको छ ।
‘ओप्पोले लामो समयदेखि एक्स्टेन्डेड रियालिटी (एक्सआर)का सम्भावनामाथि शोध गरिरहेको छ र एयर ग्लासमार्फत हामीले उपभोक्ताको सहज पहुँचसहितको स्मार्ट ग्लास उत्पादनको निर्माण गरेका छौँ’, ओप्पोका उपाध्यक्ष तथा ओप्पो रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले भने, ‘यसको भविष्यलक्षित डिजाइनले प्रष्ट्याएझैँ ओप्पो एयर ग्लासले जानकारी पाउने तथा हेर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन तयार रहेको छ । यसमा रहेको प्रयोगमैत्री डिस्प्लेले हाम्रो आँखासामु प्रमुख जानकारी प्रेषित गर्छ । ओप्पो एयर ग्लासका साथमा अब विश्वलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आउने हाम्रो विश्वास छ ।’
ओप्पो एयर ग्लासको निर्माण नवप्रवर्तनात्मक मोनोकल वेभगाइड डिजाइनमा आधारित छ । ओप्पोको विशिष्ट डिजाइन अवधारणामा आधारित एयर ग्लासमा वजनमा हल्कापना र सरल लुक्स दिन फ्रि–फ्लोइङ कभ्र्सको प्रयोग गरिएको छ । जम्मा ३० ग्रामनजिक वजन भएको ओप्पो एयर ग्लास उद्योगमै सर्वाधिक हल्का मोनोकल वेभगाइड उपकरण हो जसलाई साधारण ग्लासकै रुपमा पहिरिन सकिन्छ ।
अत्याधुनिक माइक्रो एलईडी र पाँच हाई–ट्रान्सपेरेन्सी ग्लास लेन्सका साथ स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टरले अभूतपूर्व एआर अनुभव प्रदान गर्छ । माओपिया र हाइपरमेट्रोपिया लगायत रिफ्राक्टिव इरर्स भएका प्रयोगकर्तादेखि सम्भव भएसम्म सबैले प्रयोग गर्न सकून् भन्ने सोचका साथ ओप्पो एयर ग्लासको डिजाइन गरिएको छ ।
ओप्पोद्वारा स्वविकासित एप्लिकेसन्सका साथै ओप्पो एयर ग्लासमा अन्य विभिन्न एप्लिकेसनहरु जस्तै : वेडर, क्यालेन्डर, हेल्थ, टेलिप्रोम्प्टर, ट्रान्सलेसन र नेभिगेसन समेत इन्स्टल्ड छन् । ओप्पो एयर ग्लासमा बाइडु वाक र बाइक नेभिगेसन एण्ड एक्स्प्लोर नियरबाईलगायत एप्लिकेसनको कस्टमाइजेसनका लागि ओप्पोले बाइडुसँग नजिक रही सहकार्य गरिरहेको छ । नेभिगेसनको सहायतामार्फत प्रयोगकर्ताले बाइक वा पैदल यात्राका लागि निर्देशनहरु प्राप्त गर्न सक्नेछन् । त्यसैगरी एक्स्प्लोर नियरबाईले प्रयोगकर्ताको अवस्थितिअनुसार नजिकका पसल वा आकर्षणहरुका बारेमा जानकारी सम्प्रेषित गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया