नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआईबीएल गज्जव छ’ मुद्दती खाता आर्थिक संवाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबीएल गञ्जव छ’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सवको अवसरमा एनआईबीएल गज्जब छ मुद्दती खाता सञ्चालनमा ल्याएको जानकारी दिएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरूलाई आइपर्ने आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकका अनुसार यो निक्षेपको रकम २० वर्षमा छ गुणा हुनेछ भने यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्नेछन् । बैंकका अनुसार यो मुद्दती खाता न्यूनतम १० हजार रुपैयाँमा खोल्न सकिनेछ । यो खातामा निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने तथा सावा तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले सातै प्रदेशमा छरिएका ८८ शाखाहरू, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा एक सय ३१ एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५, २०७८, युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया