काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको पाँच करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही माघ २६ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ५५ हजार छ सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही फागुुन एक गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ । कम्पनीका अनुसार बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ११ हजार एक सय १२ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि छुट्याइएको छ भने पाँच प्रतिशत अर्थात् २७ हजार सात सय ८० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । यसबाहेक बाँकी रहेको पाँच लाख १६ हजार सात सय आठ कित्ता सेयर भने सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया