प्राइम कमर्सियल बैंक र आरबीबी मर्चेन्टबीच सम्झौता
काठमाडौं, माघ २४
प्राइम कमर्सियल बैंक र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार निकट भविष्यमा जारी गर्न लागेको तीन अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशनको लागि आरबीबी मर्चेन्टसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र आरबीबीका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुुरेलले हस्ताक्षर गरेका छन् । बैंकले छिट्टै नै एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब ५० करोड रुपैयाँबराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी गरेको छ । परिपक्व हुुने अवधि आठ वर्ष तोकिएको ऋणपत्रको लागि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याज तोकिएको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया