सीईओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता
काठमाडौं । सीईओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच साझेदारी सम्झौता सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच सीईओ क्लब ग्लोबल नेपाल चेप्टर र कतार एयरवेजबीच सम्झौता भएको हो ।
कार्यक्रममा कतार एयरवेजका तर्फबाट सरिक बोगटी र सीईओ क्लब ग्लोबल नेपाल च्याप्टरका तर्फबाट डा. शम्भु पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता भएबाट अबदेखि सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजको फेयरमा १० प्रतिशत छुट पाउने भएका छन् भने कतार एयरवेजले पनि सीईओ क्लब ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने भएको छ । सीईओ क्लब ग्लोबल अमेरिकाको न्युयोर्कमा हेडक्वार्टर रहेको र सयभन्दा बढी देशमा नेटवर्क रहेको संस्था हो । विशेषतः सदस्यहरुलाई विशिष्टीकृत सेवा दिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका सम्बन्ध स्थापित गराइदिने काम सीईओ क्लब ग्लोबलले गर्दछ ।
यस क्लबमा हाल विश्वभर १० हजारभन्दा बढी सदस्य रहेका छन् । आमन्त्रणबाट मात्रै सदस्यता पाउने र निजी क्षेत्रको हकमा एक मिलियन डलर (करिब १२ करोड रुपैयाँ) बराबरको कारोबार भएका व्यक्ति वा कम्पनीले मात्रै सीईओ क्लब ग्लोबलको सदस्यता पाउने व्यवस्था छ । सीईओ क्लब ग्लोबलमा सदस्यताका लागि पाँच हजार अमेरिकी डलरदेखि दुई लाख अमेरिकी डलरसम्मको विभिन्न तहका सदस्यताहरुको व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया