पूर्वमन्त्री श्रेष्ठविरुद्ध चार करोड ४५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले पदीय दुरुपयोग गरेर अकूत सम्पत्ति कमाएको अभियोगमा श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले उनीविरुद्ध चार करोड ४५ लाख २७ हजार छ सय ६६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । श्रेष्ठ २०७० मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा बनेको चुनावी सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुदमन्त्री थिए । नेपाल सरकारका पूर्वसचिव समेत रहेका श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेयता अकूत सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ । आयोगका अनुसार पूर्वमन्त्री श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई २०६४ माघ ८ गते अनिवार्य अवकाश पाएका थिए । यस्तै, त्यसअघि उनी शिक्षक पदमा २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरेको आयोगले जनाएको छ । आयोगका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेयता पूर्वमन्त्री श्रेष्ठको कुल आय छ करोड ९० लाख १६ हजार छ सय २७ रुपैयाँबराबर रहेको देखिन्छ । सो अवधिमा उनले कुल ११ करोड ३५ लाख ४४ हजार दुई सय ९४ बराबर खर्च गरेका छन् । यस आधारमा चार करोड ४५ लाख २७ हजार छ सय ६६ रुपैयाँबराबरको खर्च तथा लगानीको स्रोत नखुलेको आयोगले जनाएको छ ।
शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीजस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको पुष्टि भएको आयोगको भनाइ छ । सोही आधारमा आयोगले श्रेष्ठविरुद्ध चार करोड ४५ लाख २७ हजार छ सय ६६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो । गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको चल/अचल सम्पत्ति घर, जग्गातर्फ बैंक मौज्दात गरी ६८ लाख ५० हजार नौ सय ५३ रुपैयाँ समेत रोक्का राखी जफत गर्न र अपुग बिगो तीन करोड ७६ लाख ७६ हजार सात सय १३ रुपैयाँ र सोको कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितको नाममा रहेको घर जग्गा जमिन रोक्का राख्नका लागि आयोगले माग गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै आयोगले पूर्वमन्त्री श्रेष्ठको श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घर समेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुल गर्न माग गरिएको छ । आयोगले उनीसहित श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई प्रतिवादी कामय गरी निजहरुको नाममा रहेको घर जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न माग दाबी गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया