राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता भएको छ । बैंकका अनुसार एमए र एमफिल गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धनात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मदत पुग्ने विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरूमा हुने जोखिम तथा सम्भावनाहरूको बारेमा यथार्थपरक ढंगबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढंगबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए ।
उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा यथार्थपरक रूपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीहरूलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सुविधा प्रदान गर्ने बताए । त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए । उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागले माग गरी प्राप्त प्रस्तावमध्ये उत्कृष्ट पाँच प्रस्तावलाई छनोट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरूलाई सहयोग रकम उपलब्ध गराइने बताए ।
बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीहरूलाई ४० हजार रुपैयाँदेखि बढीमा एक लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताए । उक्त समारोहमा त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रा. ताराप्रसाद भुषाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख सरोज बस्नेत, कम्पनी सचिव भोलानाथ पौडेललगायत कर्मचारीको उपस्थिति थियो । बैंकले देशभर दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया