झम्सीखेलमा ‘अपटाउन म्युजिक फेस्टिबल’ हुने
काठमाडौं । ‘अपटाउन लाउन्ज एण्ड क्लब’ले ‘अपटाउन म्युजिक फेस्टिभल’ गर्ने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल शुक्रबारदेखि ललितपुरको झम्सिखेलमा हुनलागेको हो । म्युजिक फेस्टिभल तीन महिनासम्म सञ्चालन हुने बताइएको छ ।
पब तथा क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि खुलेका छन् भन्ने सन्देश दिन फेस्टिबलको आयोजना गरिएको अपटाउन लाउन्ज एण्ड क्लबका अध्यक्ष आदित्य मिश्रले जानकारी दिए । फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के. भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहनेछ । यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको समेत प्रस्तुति रहनेछ । उनीहरुबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।
आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने अपटाउन नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्ज हो । यसमा लाइटिङ सिस्टम हाई टेक्नोलोजी काइनेटिक, आरजीवी स्टीपसहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । तीनवटा उच्चस्तरीय ठूलो पर्दाको एलईडी स्क्रिनको समेत व्यवस्था गरिएको अपटाउनमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाइन्छ । ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राइड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोललगायतका फरक–फरक स्वादका खानाहरु उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया