काठमाडौं । उपत्यकाबाटै एक करोड ५० लाख रुपैयाँ नगदसहित दुई जना हुण्डी कारोबारी समातिएका छन् । महानगरीय अपराध महाशाखा मीनभवनले हुण्डी कारोबारमा संलग्न भन्दै काठमाडौं महानगरपालिका वडा नं १९ टंकेश्वरी घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २४ वर्षीय बिक्की खड्गी र भारतको सिलिगुरी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अमित कुमार अग्रवाललाई आइतबार पक्राउ गरेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार पक्राउ परेका दुवै व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । महाशाखाका अनुसार काठमाडौंको ताहाचल डेरा गरी बस्ने बिमला इन्टरनेशल प्र्रालिका सञ्चालक नक्कली गरगहनाको होलसेल कारोबारी गरी बस्ने भारतीय नागरिक अमित कुमार अग्रवाल समेतका व्यक्तिहरुले राजस्व छली गैरकानुनीरुपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आइरहेका छन् भने सूचनाको आधारमा उनीहरुको सम्बन्धमा अनुसन्धान तथा निगरानी गर्ने क्रममा यही फागुन २२ गते अग्रवाल बस्ने घरेको गेट अगाडि बिक्की खड्गीलाई फेला पारी सोधपुछ गर्दा उनले कालिमाटीस्थित जीवदृष्टि बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ल्याई अमित कुमार अग्रवालको कोठामा पु-याइदिएको बताएका थिए ।
खड्गीले दिएको सोही जानकारीको आधारमा अग्रवालको डेरामा खानतलासी गर्दा एक करोड ५० लाख रुपैयाँ नगद फेला पारेको महाशाखाको भनाइ छ । यीबाहेक अग्रवालको साथबाट दुई थान ल्यापटप, एक थान मोबाइल र कारोबारसम्बन्धी विभिन्न कागजातहरु बरामद गरिएको छ । खड्गीको साथबाट भने २४ हजार रुपैयाँ नगद, विभिन्न चेक, भौचर प्याड र एक थान मोबाइल बरामद भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया