विराटनगर, माघ २९
आगामी फागुन २ गतेदेखि १० गते सम्म सञ्चालन हुने विराट एक्स्पो (कुषि तथा औद्योगिक अन्तर्राष्ट्रिय मेला)को तयारी पूरा भएको मेला आयोजकले जानकारी दिएको छ । विराटनगरमा सञ्चालन हुनलागेको विराट एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश लगायत विभिन्न छवटा मुलुकबाट स्टल सञ्चालनक लागि स्टल बुक भई सकेको आयोजक मोरङ उद्योग संगठनका सदस्य तथा मेला स्टल संयोजक विपीन कावराले जानकारी दिए । नौ दिनसम्म सञ्चालन हुने विराट एक्स्पोमा तीन सय ४० स्टल सञ्चालन हुनेछन् ।
मेलामा स्थानीय कृषि उत्पादनलाई विशेष प्रथामिकता दिने बताइएको छ । मेलामा स्टलको मांग बढे पनि स्टल बढाउन नसक्ने अवस्थामा पुगेको आयोजकको भनाई छ । चीनबाट समेत चारवटा स्टल बुक भएको थियो । तर हाल चीनमा फैलिएको कोरानाभाइरसका कारण चीनबाट बुक गरिएका स्टहरु रद्द गरी स्थानीय उत्पादनहरुलाई उपलब्ध गराउने निर्णय गरेको आयोजक मोरङ उद्योग संगठनले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया