ओप्पोेद्वारा विश्वकै पहिलो रे ट्रेसिङ थ्रीडी वालपेपर सार्वजनिक
काठमाडौं । ग्लोबल प्राविधिक ब्राण्ड ओप्पोेले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेसन–कलर ओएस रे ट्रेसिङ थ्रीडी वालपेपर्स प्रदर्शित गरेको छ । चीनमा सार्वजनिक गरिएको ओप्पोेको नयाँ फ्ल्यागशिप स्मार्टफोन, ओप्पोे फाइन्ड एक्स फाइभ प्रो (डाइमेन्सिटी भर्सन)मार्फत रे ट्रेसिङ वालपेपर सार्वजनिक गरिएको हो ।
थ्रीडी वालपेपर एप्लिकेसन यसै वर्षभित्रै एपीकेमार्फत सार्वजनिकको तयारी भइरहेको कम्पनीले जनाएको छ । स्मार्ट उपकरणहरुमा भविष्यका अरु प्रयोगहरू अन्वेषण गर्न कम्पनीका थ्रीडी वालपेपरले सुरूवाती विन्दुका रूपमा पनि काम गर्नेछ । प्रकाशको भौतिक व्यवहारलाई अनुकरण गर्ने रे ट्रेसिङ, एक ग्राफिक्स रेन्डरिङ प्रविधि हो । यसको उपयोग पछिल्लो समयमा कम्प्युटरहरूका लागि अपनाइसकिएको छ । रे ट्रेसिङ प्रविधि अपनाई, थ्रीडी वालपेपरहरूले प्रयोगयोग्य फ्रेम दरहरूमा वास्तविक समयमा प्रकाश रेन्डर गर्न सक्छन् । यसले गर्दा वस्तुहरूको छायाँ, प्रतिबिम्ब र अपवर्तनहरू अझ जीवन्त र वास्तविक देखिन्छ ।
ओप्पोेले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो । कम्पनीले सुरुमा विद्यमान मोबाइल उपकरणहरूमा रे ट्रेसिङलाई समावेश गराउन हाइब्रिड रेन्डरिङ विधि अपनाएको थियो । कलर ओएस रे ट्रेसिङ थ्रीडी वालपेपरका लागि, ओप्पोेले मिडियाटेक डाइमेन्सिटी नौ हजार चिपसेटको सम्भाव्यतालाई पूर्ण प्रयोग गर्दै, फाइन्ड एक्स ५ प्रो (डाइमेन्सिटी संस्करण) मा हाइब्रिड आर्किटेक्चर र समर्पित हार्डवेयर कोरहरू अपनाएर रे ट्रेसिङ कार्यसम्पादनलाई गति दिन नयाँ दृष्टिकोण अपनाएको हो । जीडीसी २०२२ मा प्रदर्शित थ्रीडी वालपेपर मोबाइल उपकरणहरूमा नयाँ प्रविधिहरू र रचनात्मक अनुभवहरू पस्कन कम्पनीले गरेका अथक प्रयासहरुको प्रमाण भएको बताइएको छ ।
ओप्पोेले फाइन्ड एक्स ५ प्रो (डाइमेन्सिटी भर्सन)का प्रयोगकर्ताहरुका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमा र विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोँचका साथ एसडीके प्याकेजका रुपमा उपलब्ध गराउने जानकारीे दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने
- आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ
- बजेट वक्तव्य: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड
- बजेट वक्तव्य: एक लाख ‘रिटर्नी’ लाई स्वरोजगार बनाइने
- बजेट वक्तव्य: प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड
- सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा
- अर्थमन्त्री पुनद्वारा आव २०८१-८२ को बजेट प्रस्तुति सुरु
- विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया