पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग
काठमाडौं । पञ्चकन्या ग्रुपले दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग गर्ने भएको छ । पञ्चकन्या ग्रुपले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थसँगको सहकार्यमा झापाको दमक वडा नं.७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट चार हजार वर्गफिट क्षेत्रफलमा अस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने भएको हो ।
उक्त कार्यका लागि पञ्चकन्या ग्रुप र केआईओसीएचबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृति तथा आफ्नो औद्योगिक यात्रा ५०औँ वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । पञ्चकन्या ग्रुपले एक महिनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया