काठकाडौं, फागुन ४
त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कफीसपमा गत माघ २७ गते आगलागी भएको बेला त्यसका सञ्चालक सुवास श्रेष्ठको सेटिङमा आबुुधावीबाट ठूलो परिमाणमा सुन आएको सूचनाले सुरक्षा निकायमा ठूलो चर्चा पाएको छ । तर जति नै चर्चा भए पनि सुनचाहिँ भेटिएको छैन ।
कतारको दोहाबाट बिहान २०ः५० बजे चिनियाँ लगानीकर्ताको हिमालयन एयरलायन्सको नियमित उडान हुने गरेको छ । गत २८ गते बेलुुका सवा ८ बजे नै विमानस्थलको अन्तर्राष्ट्रिय कक्षमा रहेको कफीसपमा आगलागी भएको थियो । त्यस कफीसपका सञ्चालक सुुवास श्रेष्ठ हुन् । उनी यसअघि पनि सुन तस्करी र अवैध विदेशी मुद्राको कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुुन् ।
कफीसपमा लागेको आगो २०ः५० मा मात्र नियन्त्रणमा आएको थियो । ८ः४० मा आएको हिमालयन एयरलायन्सको जहाजबाट ठूलो मात्रामा सुन आएको सूचना सुरक्षा निकायले पहिले नै थाहा पाइसकेको थियो । तर विमान आउँदा कफीसपमा आगो लागिरहेकोले सबैको ध्यान त्यता केन्द्रित रह्यो र त्यही मौका छोपेर एयरलाइन्सबाट आएको अवैध सुन लुसुुक्क बाहिरिएको आशंका गरिएको छ । कपन बस्ने बाजुुराका कमल साउदको समूहले उक्त सुन भित्र्याएको र आगलागी भइरहेको बेला सुन आउँदा उनकै नामका खनाल थरका व्यक्तिको मोबाइल बोकेर एयरपोर्टमा नै कुरेर बसेको थाहा भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया