आसाम । असाममा यस वर्ष आएकोे बाढीका कारण राज्यका छ जिल्लाका करिब २५ हजार मानिस प्रभावित भएका छन् । दिमा हासाओ जिल्लाको हाफलोङ क्षेत्रमा शनिबार भएको पहिरोमा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।
आसाम र छिमेकी राज्यहरूमा अविरल बर्षापछि मेघालय र अरुणाचल प्रदेशमा विगत दुई दिनमा विभिन्न नदीहरुको पानीको सतह बिस्तारै बढ्दै गएको र कोपिली नदीको पानी खतराको स्तरभन्दा माथि बगिरहेको छ ।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसिडिएमए) को बाढीसम्बन्धी रिपोर्टअनुसार मे १४ गतेसम्म छ जिल्लाका ९४ गाउँमा कुल २४ हजार छ सय ८१ जना को मृत्यु भएको छ । बाढीको पहिलो असर काचर, धेमाजी, होजय, कर्बी आङलोङ पश्चिम, नागाँ र कामरुप (मेट्रो) मा परेको रिपोर्टमा उल्लेख छ । बाढीप्रभावित जिल्लाहरुमा बाढीको पानीले १७३२.७२ हेक्टर क्षेत्रफललाई डुबानमा पारेको छ । कचर गाउँपालिकामा मात्रै २१ हजारभन्दा बढी प्रभावित भएका छन् ।
सेना, अर्धसैनिक बल, एसडिआरएफ, अग्नि र आपतकालीन सेवाले शनिबार काचर जिल्लाको बाढी प्रभावित क्षेत्रबाट दुई सय ५० जनाको उद्धार गरेको बताइएको छ । बाढीले नागाउं गाउँपालिकाको लखिमपुरस्थित होजाईमा विभिन्न सडक, पुल र सिँचाइ नहरमा क्षति पुगेको बताइएको छ ।रासस/ एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
- मुक्तिनाथ विकास बैंकको काठमाडौं विश्वविद्यालयसँग सहकार्य
- एभरेस्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा
- सिटिजन्स बैंक र भिवान्ता काठमाडौंबीच समझदारी
- प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
- सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका
- सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री दाहाल
- सांसद नेम्वाङद्वारा सभामुख घिमिरेसमक्ष शपथ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया