२३ लाख खर्चेर जन्ती घर निर्माण गरिँदै
जिएम यादव
बाँके, फागुन ५
ग्रामीण समुदायमा विवाह, व्रतबन्ध, मुण्डन जस्ता विभिन्न संस्कारहरु हुने गर्दछ । ती संस्कार सम्पन्न गर्दा घरपरिवार, आफन्त, छरछिमेक गाउँले, नातागोता तथा इष्टमित्र लगायतलाई बोलाउने गरिन्छ । ती कार्यक्रम सम्पन्न गर्दा महंगो टेन्ट, डिजे, बाजागाजाको प्रयोग गरिन्छ भने गाउँमा भएका विद्यालय, बगैँचाको प्रयोग धेरैजसो गरिन्छ । यो सबै अनावश्यक र महंगो रकम तिनुपर्ने बाध्यता नै बनेको छ स्थानीयबासीलाई ।
बाँके डुडुवा गाउँपालिकाबासीलाई अब त्यो बाध्यता हटेको छ । गाउँपालिकाले तीनवटा जन्ती घर निर्माण सुरु गरेको छ । गाउँपालिकाको वडा नं. ३ बनकटवा, वडा नं २ कोलही र वडा नं. ६ बल्दीपुरवा गाउँमा जन्ती घर निमार्णको कार्य भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् । उनका अनुसार ठूलो हल, शौचालय, खानेपानी र कम्पाउण्डसहितको अत्याधुनिक घर निर्माण हुनेछ ।
उक्त जन्ती घरमा करिब पाँच सय जना अट्ने क्षमताको निर्माण हुनेछ । २३ लाख रुपैयाँ लागतमा निर्माण हुने भवनको अपुग बजेट थप गरिने गाउँपालिकाले जनाएको छ । गत वर्षदेखि नै गाउँपालिकाले जन्ती घर निर्माणकार्य सुरु गरेको हो । यस वर्ष बजेट रकम थप गरी निर्माण सम्पन्न गरिने अध्यक्ष चौधरीले बताए । गाउँपालिका वडा नं. १, २ र ३ मा अधिकांश घरहरु कच्ची रहेकाले र ठूला ठूला भवन र कुनै पनि सामुदायिक भवन नभएकाले गाउँमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमका लागि सहज हुने वडा नंं. १ का वडाध्यक्ष पटेश्वरी कुर्मीले बताए । गाउँपालिकामा अधिकांश बस्ती मधेशी समुदायको भएकाले विवाहलगायत विभिन्न कार्यक्रमहरु गर्दा राति जन्ती बसाउन, पार्टी गर्न, भोज भण्डारा, पूजापाठ, धार्मिक ज्ञान महायज्ञ, भजनकीर्तन गर्न समस्या रहेको गाउँपालिका २ नं. वडाध्यक्ष गजेन्द्र कैरातीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया