गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
काठमाडौं । गोर्खाज फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही जेठ २७ गते आफ्ना २७औँ वार्षिक साधारणसभा गर्न लागेको हो । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू रहेका छन् ।
वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि फाइनान्सको यही जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा नौ करोड ४९ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २७ करोड ३७ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासमा सात अर्ब १० करोड १० लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४७ करोड २३ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ३५ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा आठ दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ६७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब १५ करोड ९७ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३० करोड २२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया