दुई सय ४१ बैंक तथा वित्तीय संस्था मर्जरमा
काठमाडौं । वित्तीय क्षेत्रलाई सुदृढ र सबल बनाउन नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्था प्रभावकारी देखिएको छ । मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्था कार्यान्वनमा आएदेखि हालसम्म अर्थात् २०७८ चैत मसान्तसम्ममा दुई सय ४१ वटा बैंक तथा फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुनुले पनि मर्जरसम्बन्धी नीतिगत व्यवस्था प्रभावकारी देखिएको हो ।
राष्ट्र बैंकका अनुसार मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएकै कारण हालसम्म एक सय ७७ वटा संस्थाहरुको अनुमति खारेज भई ६४ वटा संस्था कायम भएका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कुुल संख्या भने यस अवधिमा एक सय २७ वटा कायम भएको छ । सोअनुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६५ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले भने सात सय ५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी देखिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने ११ हजार तीन सय ९८ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार नौ सय ४९, विकास बैंकहरुको एक हजार ९३, फाइनान्स कम्पनीहरुको दुुई सय ६१ र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार ९५ वटा शाखाहरु सञ्चालनमा छन् । यसअघि अर्थात् २०७८ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या १० हजार छ सय ८३ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ को चैत मसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३७ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । बाग्मती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ ।
कर्णाली प्रदेशमा भने ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।
फेरि २७ अर्ब २० करोडको ट्रेजरी जारी हुँदै
नेपाल राष्ट्र बैंकले जेठ ९ गते अर्थात् आज सोमबार पुनः २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको टे«जरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही वैशाख २९ गते पनि राष्ट्र बैंकले १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी जेठ १० गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । यस दिन बिक्री गरिने कुल ट्रेजरीहरुमा क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको छ । जसमध्ये २८ दिनेको २०७९ असार सात गते, ९१ दिनेको २०७९ भदौ सात गते, एक सय ८२ दिने ट्रेजरीको परिवक्व हुने अवधि २०७९ मंसिर छ गते र तीन सय ६४ दिने अवधिको २०८० जेठ नौं गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैकका अनुसार आज बिक्री हुने ति ट्रेजरीहरु पुरानो नवीकरणअन्तर्गतको छ ।
यसअघि अर्थात् यही वैशाख २९ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब, एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया