दोलखाको वैतेश्वरमा आधुनिक इँटा उद्योग सञ्चालनमा
काठमाडौं । जिल्लाको वैतेश्वर गाउँपालिकामा आधुनिक इँटा उद्योग सञ्चालमा आएको छ । भूकम्पपछिको पुनर्निर्माणलाई मध्यनजर गर्दै अत्याधुनिक इँटा उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगले पछिल्लो समय दोलखा, रामेछाप र सिन्धुपाल्चोकका जिल्लामा इँटा ढुवानी गर्नेगरेको छ ।
गाउँमै सुविधा दिने उद्देश्यले लाखौँ लगानी गरेर इँटा उद्योग सञ्चालन ल्याएको एकेएस इँटा उद्योग प्रालिले जनाएको छ । एकेएस इँटा उद्योग सञ्चालक सिता तामाङले दोलखा र आसपासको छिमेकी जिल्लामा निर्माण हुँदै गरेका घर, भवन तथा सामुदायिक सम्पदामा प्रयोग गर्न मिल्ने गुणस्तरीय इँटा उत्पादन गरी बिक्रीवितरण गरिरहेको जानकारी दिइन् ।
उद्योगबाट पछिल्लो दुई महिनामा २० लाख इँटा उत्पादन गरिएको उनले बताइन् । उद्योगले बेरोजगारी बनेर बसेका स्थानीय युवालाई रोजगार समेत दिएको छ । जिल्लामै आर्थिक आर्जनको सुनिश्चितता गर्ने उद्देश्यले गैरिमुदिमा रहेको पुरानो इँटा उद्योगलाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् ।
उक्त उद्योग केही वर्षअघि नै खुलेको भए पनि बीचमा बन्द भएको थियो । बन्द भएको उद्योगलाई गुणस्तरीय इँटा उत्पादनसहित फेरि सञ्चालनमा ल्याइएको तामाङले जानकारी दिइन् । यस उद्योगले दोलखाभरि खपत हुने इटाको माग धान्ने गरी उत्पादन गरिएको उनको भनाइ छ । गाउँघरमा निर्माण हुने घर, सामुदायिक भवन, विद्यालय तथा अन्य भवन निर्माणका लागि यो इँटा सस्तो र गुणस्तरीय समेत रहेको उनले बताइन् ।
तामाकोशी नजिकै गोपिखोलाबाट तीन किलोमिटर माथि रहेको उद्योगमा दैनिक पाँच हजारदेखि १५ हजारसम्म इँटा उत्पादन हुनेगरेको छ । इँटा उद्योगमा भारतीय तथा तराईमुलका विज्ञ जनशक्ति रहेका छन् । पछिल्लो समय यस उद्योगको इँटा प्रयोग र माग बढेको उनले बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया