कोरोना भाइरसले २०२० मा विश्वव्यापी वृद्धिलाई प्रभावित पार्नसक्छ : आईएमएफ
दुबई, फागुन ५
चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताएकी छिन् । तीव्र र द्रुतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको संक्रमणको प्रभावबाट थप समस्या आउने उनले बताएकी हुन् ।
दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आएकी आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले भनिन्, ‘आर्थिक वृद्धि दरमा कटौती हुनसक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान रहेको छ ।’ करिब एक हजार ६०० व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो ।
जर्जिएभाले भनिन्, ‘म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ । अनिश्चितता अझै बाँकी छ । हामी परिदृश्यहरूसँगै काम गर्छौं अनुमानका भरमा मात्रै होइन । आगामी १० दिनमा मलाई सोध्नुहोस यसबारे स्वभाविक नतिजा भन्न सकौँला ।’ आईएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३.३ प्रतिशतमा झारेको थियो ।
सन् २०१९ मा आर्थिक वृद्धि दर २.९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरवलोकन गरेको थियो । विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो । महामारीको पूर्ण प्रभावको आँकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरिन् ।
उनले थपिन्, ‘आर्थिक प्रक्षेपणलाई परिवर्तन गरिहाल्नु अहिल्यै कठिन छ किनकि हामीलाई यो भाइरसको प्रकृति के हो भनेर अझ राम्ररी थाहा छैन । हामीलाई थाहा छैन कि चीनले कत्ति छिटो यसलाई नियन्त्रणमा ल्याउने छ । यो बाँकी विश्वमा फैलिनेछ वा छैन हामीलाई अहिले थाहा छैन ।’
चीनमा यसको नियन्त्रणमा ढिलाई भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीव्र कटौती हुने उनको धारणा थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उनले भनिन्, ‘हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक वृद्धि, कम ब्याज दर र कम मद्रास्फीतिमा अडिएका छौं ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया