मधेश प्रदेशमा कृषि विकास बैंकको मूल्य श्रृंखला सुरु
काठमाडौं । कृषि विकास बैंकले मधेश प्रदेशमा कृषिको समावेशी रूपानतरणका लागि मूल्य श्रृंखला शुभारम्भ कार्यक्रम गरेको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को वित्तीय सहयोगमा अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकद्वारा सञ्चालन हुन लागेको कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी महोत्तरीको बर्दिवासमा एक कार्यक्रमबीच विधिवतरूपमा शुभारम्भ भएको हो ।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मेख बहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव श्री गजेन्द्र कुमार ठाकुर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, नम्रता सिंह, आईएफएडीका परामर्शदाता तथा कन्सल्टेन्ट श्याम बहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरूको सहभागिता थियो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा बैंकका सञ्चालक राजेन्द्र मिश्र विद्युतीय माध्यम जुममार्फत जोडिएका थिए ।
यस कार्यक्रममा कृषि विकास बैंक जनकपुर प्रदेश कार्यालयका निर्देशक तिलक प्रधानले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमको विस्तृतरूपमा जानकारी दिँदै यस आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धिहरू, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका सम्भागहरू र मूल्य श्रृंखला विकासका लागि लिक्षित कृषि वस्तुहरू तथा कार्यक्रम सञ्चालनका प्रमुख आर्थिक स्रोतहरूको सम्बन्धमा बताए । सहभागीहरूको जिज्ञासाहरू सम्बोधन गर्ने क्रममा आईएफएडीका परामर्शदाता श्यामबहादुर खड्काले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धी बनाउँदै व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको जानकारी गराए ।
त्यस्तै शुभकामना मन्तव्य दिने क्रममा प्रविधि, वित्तीय पहुँच तथा बजारीकरणको माध्यमद्वारा परम्परागत रूपमा रहेको निर्वाहमुखी कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको प्रमुख अतिथि डा. झाले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मेश बहादुर मगराती, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंह र अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले यस क्षेत्रमा कृषिको महत्वको बारेमा प्रकाश पार्दै भिटा कार्यक्रमले पु-याउन सक्ने योगदानका सम्बन्धमा सुझावसहित यस कार्यक्रमको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गरेका थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा कृषि विकास बैंकका सञ्चालक राजेन्द्र मिश्रले जुममार्फत किसानहरूमा सहुलियत दरमा वित्तीय पहुँच पु-याउन यो कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउँदै भिटा कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन हुनेगरी मूल्य श्रृंखलाको अवधारणामा लगानी गरिने बताउँदै मन्त्रालयको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
यस कार्यक्रमको अध्यक्षता गरेका बैंकका प्रमुख कार्यकारी अधिकृतले सबै सहभागीहरूलाई धन्यवाद दिँदै मधेश प्रदेशका कृषिको सम्भावना प्रसस्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाको रूपमा सही तरिकाले आपूर्तिकर्ता, कृषक, प्रशोधनकर्ताहरूलाई बजार मागको अधारमा मूल्य श्रृंखलामा आबद्ध गराई लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य अतिथिहरूलाई ब्याच वितरण गर्ने कार्य कृषि विकास बैंकका विभागीय प्रमुख तथा आयोजना निर्देशक विना शर्माले र कार्यक्रमका सञ्चालन बैंकका वरिष्ठ शाखा प्रमुख प्रेम प्रसाद खनालले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया