काठमाडौं । मनसुन सुरु भएपछि काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी बन्द गरिएको छ । मेलम्चीको पानी बन्द गरे पनि वैकल्पिक स्रोतबाट राजधानीवासीलाई पानी उपलब्ध गराउने खानेपानी मन्त्री उमाकान्त चौधरीले बताए ।
खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले मेलम्चीको पानी बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गर्ने जानकारी दिए । उनका अनुसार यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिनभित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ । अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाइभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको उनले बताए ।
मेलम्चीको नदिबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि विकल्पको रूपमा बागमती नदिबाट दैनिक छ करोड लिटर पानी थप गरिने र अपुग सात करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ति गरिने उनको भनाइ छ । आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्नुपरेको उनले बताए । आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्बर ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्बर ढोका बन्द गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया