युनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यही जेठ २३ गते बसेको कम्पनीको २८औँ वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरूबाट सञ्चालक समितिको अध्यक्ष पदका लागि श्रेष्ठलाई चुनिएको थियो ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम यही जेठ २६ गते अध्यक्ष श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सोपश्चात् कम्पनीको केन्द्रीय कार्यलयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालकहरूले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया