सयपत्री हाइड्रोको साधारण सेयरको बिक्री खुला
काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले तीन करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र बाग्लुङका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी तीन लाख कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री यही असार दुई गतेबाट सुरु भई छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया