आधारभूत सहरकारीका अध्यक्ष र प्रबन्धनिर्देशकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
काठमाडौं । इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खड्ग बहादुर देवकोटा र उनकी श्रीमती समेत रहेकी प्रबन्धनिर्देशक सविना वाग्ले देवकोटाले सर्वोच्च अदालतमा हालेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।
उनीहरुले आफूलाई प्रहरीले गैरकानुनी रुपमा थुनामा राखेको आरोप लगाएर थुनामुक्त गराइपाऊँ भनी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुले दिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको ५ नम्बर इजलासले गत शुक्रबार खारेज गरेको हो ।
रोमनाथ भण्डारीमाथि गत जेठ ८ गते सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको किटानी जाहेरीपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले देवकोटा दम्पतीलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जेठ १३ गते किटानी जाहेरी परेपछि प्रहरीले जेठ १८ गते पक्राउ गरी हिरासतमा राखेको थियो र त्यसका विरुद्ध उनीहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
सर्वोच्च अदालतले उनीहरुको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेकै दिन गत शुक्रबार प्रहरीले उनीहरुको मुद्दा जिल्ला अदालतमा बुझाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया