विद्युतीय गाडी बिक्रीको नाममा चौधरी ग्रुपले कसरी लुटिरहेको छ ?
काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोमोबाइल्ससँगको सहकार्यमा विनोद चौधरी कार्यकारी अध्यक्ष रहेको चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपाल भित्र्याएको नेटा भी ब्रान्डको विद्युतीय कारमार्फत व्यापक मात्रामा लुट मच्चाएको भेटिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको ‘किचन’भित्रको आर्थिक विज्ञ समेत रहेका खर्बपति उद्योगी चौधरीको योजनामा सीजी मोटर्सले नेपाल भित्र्याएको नेटा भी मोडलको विद्युतीय कार बिक्रीमा नेपालको कानुनलाई नै धज्जी उडाएर लुट मच्चाएका हुन् ।
भारतले नेपालमा लगाएको नाकाबन्दीको समयमा हरेकको विकल्प हुन आवश्यक देखिएको र त्यसमा पनि सवारीसाधनहरु मुख्य देखिएपछि सरकारले विद्युतीय गाडी आयात र बिक्रीको लागि भन्सार तथा कर छुटको घोषणा गरेको थियो ।
नेपालमा विद्युत् उत्पादन समेत बढिरहेको समयमा हरेक वर्ष २० प्रतिशत विद्युतीय सवारीसाधन बिक्री गर्दै जाने सरकारको नीति जनताले स्वागत गरेकै थिए तर त्यस नीतिको फाइदा उठाउँदै प्रधानमन्त्री देउवाको आर्थिक विज्ञ समेत रहेका खर्बपति चौधरीले जनताको नाममा कर हटाउन लगाएर आफूले एकै पटक १५ सय कार नेपाल भित्र्याउने भएका छन् ।
वातावरणमैत्री तथा पेट्रालियम पदार्थको आयात घटाई व्यापारघाटा कम गर्ने साधन विद्युतीय सवारीको आयात गरी बिक्री गर्न थालेपछि नेपाली व्यवसायीका बादशाह नै भनिने चौधरीलाई सबैले स्वागत गरेका थिए तर जनताको नाममा करको दुरुपयोग भएको सार्वजनिक भएसँगै व्यवसायीहरु समेत रुष्ट हुनथालेका छन् ।
चौधरीले सुरुवाती मूल्य भन्दै कारको मूल्य सार्वजनिक गरेसँगै कारको मूल्यलाई लिएर व्यापक विरोध भएसँगै नेटा भी कार बिक्रेता चिनियाँ कम्म्पनी होजोनले समेत यस विषयमा चासो राखेको छ ।
आर्थिक दैनिकलाई प्राप्त खरिद बिलअनुसार दुई थानलाई ३३ हजार डलर अर्थात् ४० लाख ४२ हजार तिरेको सो नेटा भी कार नेपालको भन्सार तिनुपर्ने भन्सार शुल्क चार लाख ४० हजार पाँच सय ९१, भ्याट छ लाख ६० हजार एक सय ९१, सडक मर्मत दस्तुर दुई लाख ८६ हजार नौ सय २९ र कुल फि विषयमा पाँच सय ६५ गरी जम्मा १३ लाख ८८ हजार दुई सय ७६ रुपैयाँ राजस्व तिरेको देखिन्छ । यसअनुसार भन्सारसम्म आइपुग्दा एउटा नेटा भीको लागत २७ लाख ४० हजार एक सय ३८ रुपैयाँ परेको देखिन्छ ।
सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालका अनुसार यस मूल्यमा बैंकको ब्याज, स्टाफ खर्च, शोरुम चार्ज, लजिस्टिक, वार्षिक शुल्क भनेर तीनदेखि सात प्रतिशत थप खर्च हुने गर्दछ जसलाई ‘हिडन’ कष्ट भनिन्छ । यी सबै खर्च राख्दा यस गाडीमा थप एक लाख ९१ हजार आठ सय नौ रुपैयाँ बढ्छ र जम्मा २९ लाख ३१ हजार नौ सय ४७ रुपैयाँ हुन्छ भने कानुनअनुसार २० प्रतिशत नाफा राख्दा पाँच लाख ८६ हजार तीन सय ८९ रुपैयाँ गरी जम्मा ३५ लाख १८ हजार तीन सय ३३ रुपैयाँ हुनेछ । तर सीजीले सो कारको सबै लागत र नाफा समेत राखिसकेपछि समेत दुई लाख ८० हजार छ सय ६६ रुपैयाँ थपेर मूल्य सार्वजनिक गरेपछि यसको व्यापक विरोध भएको हो ।
नेपालको कानुनले तोकेभन्दा बढी मूल्य राखेर चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले सो नेटा भी कार बेच्ने समेत सरकारी संयन्त्र तै चुप मै चुप गरेर बस्नुले यसमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा समेतको चौधरी ग्रुपलाई आशीर्वाद रहेको प्रस्ट देखिन्छ ।
आफ्नो पार्ट्सको सरकार भएको मौका छोपी चौधरीले पहिलो लटमा ल्याउनलागेको १५ सय कारबाट कुल एक अर्ब ३० करोड ५७ लाख नौ हजार नाफा हुने देखिन्छ ।
भान्जा हेमन्त अग्रवाल र छोरो निर्वाण चौधरी सञ्चालक रहने गरी सो नेटा भी ब्राण्डको कारको नेपालमा बिक्री सुरु गरिएको छ भने अन्य कार बिक्रेताहरु समेत सरकारको कुनै विशेष व्यवसायी पोस्ने नीतिको विरोध गर्ने अवस्थामा पुगेका छन् ।
नेपालका खर्बपति भएर पनि नेपाली श्रमिकहरुलाई रोजीरोटी नदिएर विदेशी कामदार ल्याएर काम गराउने आरोप लाग्दै आएको चौधरी ग्रुपले सोझै देखिने गरी कारको बिक्रीको नाममा ठगी धन्दा चलाउन थालेपछि जनस्तरबाटै व्यापक विरोध भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया