एजेन्सी कोलम्बो, फागुन ८
श्रीलंकाको कुल निर्यात गत वर्ष १६ अर्ब १४ करोड डलर पुगेको छ । सन् २०१९ मा श्रीलंकाले ११ अर्ब ९४ करोडको वस्तु तथा ४ अर्ब २० करोड डलरको सेवा निर्यात गरेको हो । श्रीलंकाली मिडियाहरुका अनुसार बुधबार सार्वजनिक भएको तथ्यांकले निर्यात क्षेत्रमा सुधार देखिएको छ । श्रीलंकाली निर्यात विकास बोर्डका प्रमुख प्रभाष सुवासिंघेले सेवा क्षेत्र र वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको बताए । बुधबार उनले राजधानी कोलम्बोमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको सिन्ह्वाले जनाएको छ । कुल निर्यातमा उपक्षेत्रीय योगदानले मुख्य भूमिका खेलेको छ ।
खासगरी चिया निर्यातले यसमा टेवा दिएको बताइएको छ । यसबाहेक रबर तथा रबरजन्य उत्पादन, नरिवल र यससँग सम्बन्धित उत्पादन, इन्जिनियरिङ उत्पादन, विद्युतीय र मेसिनरी उत्पादन तथा डुंगा निर्माण क्षेत्रले निर्यातलाई सघाएको बताइएको छ । सरकारी तथ्यांकअनुसार अमेरिका श्रीलंकाको मुख्य गन्तव्य रहेको छ । उक्त वर्ष श्रीलंकाले ३ अर्ब डलरको निर्यात गरेको छ । त्यस्तै बेलायतमा ९९ करोड ८० लाख, भारतमा ७५ करोड ९० लाख, इटालीमा ५३ करोड १० लाख र बेल्जियममा ३५ करोड २० लाख अमेरिकी डलरको वस्तु निर्यात गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया