ट्राफिक प्रहरीद्वारा सवारी चेकिङलाई थप कडाइ
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले राजधानीको सवारी चेकिङलाई कडाइ गर्दै लगेको छ । सोहीअनुसार ट्राफिक प्रहरीले बुधबार गरेको विशेष चेकिङका क्रममा दुई सय ६३ जना चालक कारबाहीमा परेका छन् ।
पानी बोक्ने सवारीसाधन ७१ वटा, एम्बुलेन्स पाँचवटा र अन्य सवारीसाधन एक सय ८७ गरी दुई सय ६३ वटा सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । मदिरा सेवन गरी सवारीसाधन चलाउने सात जना चालक समेत कारबाहीमा परेका छन् । जसमध्ये दुई जना स्कुलबसका चालक रहेका छन् । हाइड एन्ड सिक मन्टेस्वरी स्कुल सानो भ¥याङको प्रदेश ३ ०१ ०२३ च ३३६८ नम्बरको भ्यान चालक वीरेन्द्र तामाङ र फ्लोरोसेन्ट इङ्लिस हायर सेकेन्डरी स्कुल बानियटारको बा २ क ६५७ नम्बरको बस चालक खिम प्रसाद पुनलाई नियन्त्रणमा लिएको हो । उनीहरूले मदिरा सेवन गरी स्कुलको सवारीसाधन चलाएको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीपश्चात् सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै मदिरा सेवन गरी पानी बोक्ने सवारीसाधन चलाउने चालक तीन जना र अन्य सवारीसाधन चलाउने दुई जना चालक समेत कारबाहीमा परेका छन् । नम्बरप्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यस्तै आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ वटा माइक्रो तथा बसका चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले काठमाडौं उपत्यकाको रत्नपार्क, स्वयम्भू, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । महिला, अशक्त तथा ज्येष्ठ नागरिक भनी छुट्याइएका आरक्षण सिटको कार्यान्वयन भए/नभएको सम्बन्धमा ट्राफिक प्रहरीले विशेष अनुगमन टोली नै बनाएर काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा चेक गरी कारबाही गर्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया