क्रिप्टो कारोबारी अमित श्रेष्ठको पछाडि को–को छन् ?
काठमाडौं । गत असार २९ गते नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबारको आरोपमा विशाल सिमेन्टका पूर्वसञ्चालक समेत रहेका व्यापारी अमित श्रेष्ठ पक्राउ परे । उनलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको पानीपोखरीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा उनबाट क्रिप्टोको सँगसँगै बैंक खाताबाट समेत शंकास्पद कारोबार गरेको भन्दै उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धान अघि बढाइएको थियो ।
प्रहरीले पक्राउ परेका श्रेष्ठको एनआईसी एसिया बैंकको खाताबाट ६५ लाख २४ हजार रुपैयाँ, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार अमेरिकी डलर, एभरेष्ट बैंकको खाताबाट दुई करोड छ लाख, वेल्स बैंक अफ अष्ट्रेलियाको खातामा एक लाख ९४ हजार अमेरिकी डलर, नबिल बैंकमा क्यानेडियन डलर ६७ हजार ५९६, नेपाली रुपैयाँ ६५ हजार, सेयर कारोबार, विभिन्न कम्पनीहरुमा सेयर लगानी तथा पानीपोखरीमा रहेको अपार्टमेन्टसमेत गरी चार लाख ४९ हजार अमेरिकी डलरबराबरको सम्पत्ति प्रहरीले सार्वजनिक गरेको थियो ।
उनै श्रेष्ठलाई मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका छन् ।
क्रिप्टो कारोबार सँगैसँगै बैंक तथा वित्तीय संस्थासम्बन्धी करोडौँको गैरकानुनी कारोबार गरेका श्रेष्ठको पछाडि को–को छन् भन्ने प्रहरीले अनुसन्धानको क्रममा केही बताएको छैन ।
स्रोतका अनुसार श्रेष्ठको क्रिप्टो कारोबारलगायतको करोडौँको गैरकानुनी व्यवसायमा उच्च राजनीतिक दलका नेता, केही उच्चपदस्थ प्रहरी, पत्रकार तथा व्यापारीहरु समेत रहेका छन् ।
नेता, प्रहरी, पत्रकार तथा व्यापारीहरुले आफूहरुलाई जोगिनकै लागि श्रेष्ठलाई पक्राउ गराएको समेत स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार प्रहरीको अनुसन्धानमा यस विषयमा केही बोलिएको छैन भने पक्राउ परेको व्यापारी अमित श्रेष्ठले समेत कसैको नाम बोलेका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया