रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुने वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्पन्न भएको हो ।
यो सम्मेलन विशेषगरी कम्पनीको आगामी एक वर्षभित्र गर्नुपर्ने कामहरू, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखाप्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरूबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो ।
रिलायन्स लाइफ इन्स्योरेन्सको देशभर रहेका एक सय २४ वटा शाखा र केन्द्रीय कार्यालयबाट चितवनमा जम्मा प्रतिनिधिहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले स्वागत गर्दै कम्पनीको लागि उच्च व्यावसायिक विचार र लक्ष्य बोकेर एकै उद्देश्यका लागि हामी यहाँ एकै ठाउँमा भेला भई आगामी वर्षको योजनामा गहन छलफल र सुझाव कम्पनीको आगामी व्यायसायिक रणनीतिको लागि एक कोषेढुंगा हुने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यावसायिक रणनीति र विगत वर्षको व्यावसायिक समीक्षा गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको सो वार्षिक राष्ट्रिय सम्मेलनमा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रीय कार्यालय साथै विभिन्न व्यावसायिक उपलब्धिको आधारमा समेत सम्मान गरिएको थियो र सो कार्यक्रमको अन्तिम दिन कम्पनीका रिलायन्स साथीहरूलाई व्यावसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो । कम्पनीले हाल एक सय २४ वटा शाखा विस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य कार्य गर्दै देशभर जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया