काठमाडौं । जमलमा केन्द्रीय कार्यालय रहेको पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले विगतका केही वर्षदेखि मुद्दती बचतमा रकम राखेका सदस्यहरुको परिपक्व रकम माग्दा पनि फिर्ता नगरेको थाहा भएको छ ।
सहकारीका अध्यक्ष सीबी (चन्द्रबहादुर) लामाले बचतकर्ताहरुलाई भोलि भोलि भन्दै अल्मल्याउँदै आएको र उजुरी गरे रकम नै नदिने भनी उल्टै धम्की दिने गरेको थाहा भएको छ । सीबी लामाले रकम फिर्ता नदिएको भनी दुई वर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा परेको उजुरी पनि सौदाबाजीमा भित्रभित्रै दबाइएको थाहा भएको छ । सुदीप गिरी सीआईबीमा हुँदा पशुपति सहकारीका लामा पीडितहरु सीआईबीमा पुगेका थिए ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट काभ्रेमा प्रदेशसभामा पराजित लामा बीपी पुत्र शशांक कोइरालाको नाम भजाएर जोगिँदै आएको थाहा भएको छ । पशुपति सहकारीले बचतकर्ताहरुको करोडौँ रुपैयाँ फिर्ता गरेको छैन र उक्त रकममा लामाले आफ्नो नाममा घर जग्गा खरिद गरेको बुझिएको छ । बचतकर्ताको रकम तिर्न नसकेर लामा उनीहरुलाई छलेर हिँड्ने गरेको थाहा भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया