माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण
काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायीहरू लाभान्वित हुने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्यूआर हस्तान्तरण गरेको हो ।
राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीेले क्यूआर हस्तान्तरण गरेका हुन् ।
उक्त क्यूआर हस्तान्तरणपछि ग्राहकले नेपाल नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएबापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया