दोलखा, फागुन १५
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर तीन खानीगाउँका एक सयभन्दा बढी स्थानीयले पुरानो ठाउँ छाडेर नयाँ ठाउँमा बस्ती बसालेका छन् । २०७२ सालको भूकम्पले सयौँ वर्षदेखि बसोबास गर्दै आएको बस्ती भत्काइदिएपछि उनीहरूले नयाँ ठाउँमा
सरेका हुन् । बैतेश्वर गाउपालिका वडा ३ साबिकको मिर्गे गाविस ३ को एउटा सिङ्गो गाउँ नै गाउँपालिकाको केन्द्रनजिक रहेको खेतमा सरेको हो । भूकम्पपछि सरेको बस्ती पुरानो गाउँदेखि करिब साढे दुई किलोमिटर टाढा खोलापारि रहेको छ । भूकम्पले गाउँ पूर्णरूपमा ध्वस्त भएपछि उक्त ठाउँलाई छाडेर नयाँ ठाउँमा सरेको स्थानीय रामचन्द्र राउतले बताए ।
भूकम्पले पहिरो गएको र पहिला बस्दै आएको ठाउँ जोखिमपूर्ण भएकोले आफूलगायत एक सय २० घर परिवारले खेतमा घर बनाएर बसेको बताए ।
भूकम्पपछि भएका पानीका मुहान सुक्नुको साथै धेरै मानिस सहर केन्द्रित भएको हुँदा गाउँलाई वनजङ्गलले छेकेर उत्पादन हुन छाडेकाले आफूले खेतमै बसोबास सुरु गरेको स्थानीय हरि सुवेदीले बताए । गाउँका केही स्थानीयले भने गाउँपालिकाको केन्द्रनजिक आफ्नो खेत रहेको हुँदा बसाइ सरेको बताएका छन् । उत्पादन र सुविधाको हिसाबले गाउँपालिकाको केन्द्रनजिक आफ्नो खेत रहेको हँुदा आफूहरूले खेतमा घर सारेको स्थानीय सेते राउतले बताए ।
हालसम्म नयाँ ठाउँमा एक सय ५० घर निर्माण भइसकेका छन् भने बाँकी केही घर निर्माण हुने प्रकृयामा रहेका छन् । त्यसैगरी सोही गाउँपालिकाको वडा नं ६ नाम्दु वनगाउँ र घिमिरे टारका केही स्थानीयले पनि पुरानो गाउँ छाडेर नयाँ ठाउँमा बस्ती बसेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया