नयाँ दिल्ली । भारतका धनाढ्य गौतम अदानी विश्व धनी वरीयतामा तेस्रो नम्बरमा पुगेका छन् । टप–३ मा पुग्ने उनी एसियाबाट पहिलो व्यक्ति हुन् । कलेज छाडेर व्यवसाय रोजेका उनी पछिल्लो समय निरन्तर उकालोयात्रामा छन् । ब्लुमबर्गको अर्बपति सूचकांकले अदानी विश्वकै तेस्रो ठूलो धनी बनेको जनाएको छ । टप ३ मा एसियाका भारतकै मुकेश अम्बानी र चीनका ज्याक मा समेत पुग्न सकेका थिएनन् ।
अदानीसँग १ खर्ब ३७ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति रहेको ब्लुमबर्गले जनाएको छ । उनले फ्रान्सका बर्नार्ड आर्नोलाई उछिनेका छन् भने इलोन मस्क र जेफ बेजोसलाई पछ्याइरहेका छन् । उनी ६० वर्षका धनी हुन् । उनको कोइलादेखि बन्दरगाहसम्मको व्यवसाय छ । भर्खरै उनले भारतको चर्चित मिडिया एनडीटिभी खरिद गरेका थिए । भारतमा निजी क्षेत्रको ठूलो बन्दरगाह र विमानस्थल सञ्चालनमा उनको लगानी छ ।
अस्ट्रेलियामा कोइलाखानी रहेका अदानीको व्यवसायलाई वातावरणवादीले आलोचना गरे पनि उनले हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । सन् २०२२ मा मात्रै उनको सम्पत्ति ६० अर्ब ९० करोड डलरले बढेको छ । गत फेब्रुअरीमा मात्रै उनले अम्बानीलाई एसियाको धनीबाट विस्थापित गरेका थिए । त्यसपछि अप्रिलमा उनी सेन्टिबिलेनियर (सय अर्ब डलरका मालिक) बनेका थिए । उनले माइक्रोसफ्ट कर्पका बिल गेट्सलाई उछिन्दै चौथो धनी व्यक्ति बनेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया