कोका–कोला जेरो सुगर ग्लास बोतलमा
काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरीविना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी बोतलहरु वातावरणमैत्री त छन् । साथै यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रिफ्रेश बनाई सक्छ । कोका–कोला जेरो सुगर आरजीबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध छ । कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेसमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो ।
स्थानीय उपभोक्ताहरुसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धताअनुसार कोका–कोलाले निरन्तर रुपमा उनीहरुको जीवनशैली र आवश्यकताअनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादनहरु बजारमा ल्याउँदै आइरहेको जनाएको छ । कोका–कोला जेरो सुगरको नयाँँ आरजीबी प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया