बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी खनाल सम्मानित
काठमाडौं । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्राध्यापक डा. वसुधा खनाल सम्मानित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खनालसहित चिकित्सा क्षेत्रमा योगदान गर्ने १५ महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् ।
शीतलनिवासमा उनीहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्र्ड प्रदान गरिएको थियो । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको हो । माइक्रोबायोलोजीको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानलाइ कदर गर्दै प्रतिष्ठानकी माइक्रोबायोलोजी विभागकी प्राध्यापक डा. वसुधा खनाललाई राष्ट्रपतिबाट वुमन इन मेडिसिनबाट सम्मान गरिएको हो ।
नेपाल सरकारको छात्रावृत्ती कार्यक्रममार्फत पाकिस्तानबाट एमबीबीएस अध्ययन पश्चात आफ्नै जन्मभूमि धरानमा आएर प्रतिष्ठानको मेडिकल अफिसर पदमा सेवा सुरु गरेकी डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रममार्फत माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर गरेकी छिन् । स्नाकोत्तरमा उनले गोल्ड मेडल समेत प्राप्त गरेकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया