विराटनगर । मोरङ व्यापार संघले भारतीय रेल्वेसँग कोलकाता बन्दरगाहदेखि जोगबनी रेल्वे स्टेसन र नेपालको आईसीपीदेखि भारतको जोगबनीसम्मका लागि कन्टेनराइज्ड कार्गोलाई नियमित रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । संघको एक प्रतिनिधिमण्डलले भारतको जोगबनीका कटिहार रेल्वे विभागका विभागीय रेल्वे प्रबन्धक कर्नल एसके चौधरीलाई भेटी रेल्वे सेवाको सहजीकरण गर्न माग गरेको हो ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जोगबनी–विराटनगर सीमा क्षेत्रका नागरिक र व्यावसायिक समुदायलाई लक्षित गरी भारतीय रेल्वेलाई थप सुविधायुक्त बनाउन आग्रह गरेका थिए । यस्तै उनले जीर्ण अवस्थामा रहेको जोगबनी रेल्वे स्टेसनको गुड्स यार्डको जीर्णोद्धार गरिनुपर्ने बताए । साथै उक्त रेल्वे गुड्स यार्डको कार्य समय बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कायम गर्न आग्रह गरेका थिए । यस्तै जोगबनीदेखि दक्षिण भारतको बैंगलोर, पश्चिममा भारतको मुम्बई र पुणेलगायतका स्थानहरुसम्मको सिधा रेल्वे सेवा सञ्चालन गर्न पनि आग्रह गरेको मोरङ व्यापार संघले जनाएको छ ।
अध्यक्ष रिजालले जोगबनीदेखि दिल्लीसम्मको लागि थप रेल सञ्चालन गर्न आग्रह गरे । भारतको दरभंगा विमानस्थल, चिकित्सा सेवा तथा व्यावसायिक सेवाहरुको सहज उपयोग गर्न जोगबनी–दरभंगा इन्टरसीटी रेल सेवा सञ्चालन गरेर भारतीय रेलमा नेपाली ज्येष्ठ नागरिकहरुलाई भारतीय ज्येष्ठ नागरिकसरह व्यवहार गरिनुपर्ने उनको सुझाव थियो । त्यसैगरी उनले अन्तर्राष्ट्रिय उडानमार्फत भारत आउने नेपालीहरुलाई तत्कालै रेल्वे टिकट उपलब्ध गराउने व्यवस्थाका लागि भारतीय सरकारसँग पहल गरिदिन भारतीय रेल्वे प्रमुख चौधरीसँग आग्रह गरे ।
भेटमा संघका अध्यक्ष रिजालले भारत र नेपालबीच सहज आवागमनका लागि संघले निरन्तर सहजीकरण गर्दै आएको समेत जानकारी गराए । संघले कटिहार–जोगबनीब्रोड गेज रेल्वे रुपान्तरण, जोगबनी रेल्वे यार्ड निर्माणसहित कटिहार, बथनाहा, जोगबनी र विराटनगरको आईसीपी लगायतका रेल्वे पूर्वाधारहरु निर्माणका लागि समेत नर्थ फ्रन्टाइर रेल्वे कटिहार डिभिजनसँग नजिकबाट सहकार्य गर्दै आएको बारेमा पनि उनले चौधरीलाई जानकारी गराएका थिए । प्रतिनिधिमण्डलमा अध्यक्ष रिजालसहित संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी, सदस्य अमित सारडा र मनिष मारु रहेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया