आईएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरलका तर्फबाअट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका तर्फबाट सहायक महाप्रबन्धक आकाश विक्रम थापाले हस्ताक्षर गरेका छन् । आईएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारीसाधनहरूको बीमा गरेका ग्राहकहरूले कुनै पनि किसिमको दुर्घटना परी सवारीसाधनको क्षति भएमा नक्सालस्थित साइमेक्सको सहकार्यमा सहज सेवा प्राप्त गर्नसक्ने गरी यो सेवा शुभारम्भ गरिएको कम्पनीको भनाइ छ ।
साइमेक्स इंकबाट बिक्रीवितरण हुने बीआईडी ब्रान्डका सम्पूर्ण सवारीसाधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमापश्चात् कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगदरहित दावी भुक्तानी गर्नेगरी दुवै कम्पनीबीच सम्झौता भएको छ । कम्पनीबाट बीमा भएको चारपाङ्ग्रे निजी सवारीसाधनको दुर्घटना हुनगई सवारीसाधन क्षतिग्रस्त भई मर्मत गर्नुपर्ने भएमा साइमेक्स इंकको मर्मतकेन्द्रमा उक्त क्षतिग्रस्त सवारीसाधन मर्मतको लागि लगिएमा सोबापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।
सम्झौताअनुसार आईएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्नर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर र हवाट्स एपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ । सवारीसाधन बीवाईडीको सर्भिस सेन्टरमा पु-याएपछि दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारीधनीलाई कुन मितिमा सवारीसाधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मतसम्भारपछि बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारीसाधन धनीले भुक्तानी गर्नेगरी सोको जानकारी सम्बन्धित सावारीधनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारीधनीलाई सवारीसाधनको मर्मतको यथास्थितिको जानकारी बिवाईडीबाट भइरहनेछ । यसरी सहज र सरलरूपमा सवारीधनीहरूले नगदरहित दाबी सेवा प्राप्त गर्नसक्ने हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्नेगरी दुवै कम्पनीबीच सेवा सम्झौता भएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया