अजोड इन्स्योरेन्स र ई–बीमाबीच सम्झौता
काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन प्रसाद ज्ञवाली र अजोड इन्स्योेरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्स्स्योेरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए । अजोड इन्स्योेरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौँ र ई–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्मजस्तो देखिन्छ । हामी यस आबद्धसँग खुसी र आशावादी छौँ । सम्झौताअनुसार ई–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउनेछ ।
इ–बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाहरूको लागि एक– स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । ई–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ । ई–बीमाको सेवा गैरजीवन बीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रियरूपमा संलग्न छ ।
ई–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ । अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकरहरू र विभिन्न क्षेत्रहरूबाट सफल क्यारियर इतिहास भएका उच्च उत्साही पेशेवरहरूद्वारा स्थापित र समर्थित इन्स्योरेन्स हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया