नेसनल लाइफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसनबीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको हो ।
सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मुख्य आतिथ्य तथा एक एक पाइला फाउन्डेसनका अध्यक्ष डा. सुमन शमसेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको थियो । सो अवसरमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोबास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले सो परियोजना कार्यान्वयनका लागि २० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरेबापत कम्पनीका उपकार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया