काठमाडौं । नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा ईभी चौतारी’ हुने भएको छ । नाडाको आयोजनामा नेपालमा नै पहिलो पटक बिहीबारदेखि हुनलागेको ‘नाडा ईभी एक्स्पो’कै अवसरमा नाडा चौतारी पनि हुनलागेको हो ।
नाडा ईभी एक्स्पो असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डप, प्रदर्शनीहलमा आयोजना हुनेछ भने असोज ७ देखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म यूएसएआईडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने नाडाले जनाएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेहिकलसम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहनेछ । ईभी चौतारीको पहिलो दिन ईभी टेक्नोलोजी एण्ड इकोसिष्टमबारे छलफल हुनेछ भने दोस्रो दिन फाइनान्सियल एक्सपेक्ट अफ ईभीको बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् । यस्तै अन्तिम दिन पोलिसी फर प्रमोटिङ ईभी भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीतिनियमहरुदेखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविद्हरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाँड्ने चौतारी हुने नाडाको भनाइ छ । कार्यक्रममा उपस्थितिको लागि नाडाले सबैलाई आग्रह समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया