Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको जनकपुरमा शाखा

समृद्धि फाइनान्सको जनकपुरमा शाखा


काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो आठौँ शाखा ‘जनकपुर शाखा कार्यालय’को उद्घाटन बुधबार एक औपचारिक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले जनकपुरशाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका सञ्चालक श्रीमती नीरा ताल्चाभडेलसहित लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराएका थिए । बुधबारबाट समृद्धि फाइनान्सको आठवटै शाखा कार्यालयहरूबाट औपचारिकरूपमा कारोबार सञ्चालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले आठ वर्ष आठ महिनामा पैसा तेब्बर, १२ वर्ष आठ महिनामा पैसा पाँच गुणा र १६ वर्ष पाँच महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया