रामदेव तेलद्वारा पाँचौँ हप्ताका विजेतालाई पुरस्कार वितरण
काठमाडौं । रामदेव तेलले चाडपर्व उपहार योजनाअन्तर्गत पाँचौँ हप्ताका विजेतालाई पुरस्कार वितरण गरेको छ । लक्की ग्रुपको भागिनी संस्था गणपति वनस्पति प्रालिद्वारा उत्पादित तेल बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले चाडपर्वको वहार हरेक हप्ता उपहार योजना सञ्चालन गरिरहेको छ ।
उक्त योजनाअन्तर्गत पाँचौँ हप्ताको लक्की ड्रमार्फत विजेता भएका विजयीहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको हो । यस पाँचौँ हप्ताको लक्की ड्र को प्रतिस्पर्धामा रामदेव तेल कुन कुन मार्टमा उपलब्ध छ ? भनी प्रश्न गरिएको थियो । योजनामा भाग लिई सही उत्तर दिई लक्की ड्रमार्फत विजेता हुने काठमाडौं चाबहिलका उमेश श्रेष्ठ र बालाजुकी मनिषा अधिकारी रिमाललाई १/१ कार्टुन रामदेव सनफ्लावर तेल प्रदान गरिएको थियो ।
गणपति वनस्पति प्रालिका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । रामदेव तेलले तीजदेखि छठ पर्वसम्मको लागि चाडपर्वको वहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरी सञ्चालन गरिरहेको छ । जसअनुसार यो डिजिटल मिडिया फेसबुकमार्फत प्रतिस्र्पधा हुने गर्दछ । यसमा जो सुकैले पनि भाग लिन सक्ने र हरेक हप्ता दुई जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया