दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट सात लाख रूपैयाँ हस्तान्तरण
काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापतको रकम प्रदान गरेको छ ।
मेगा बैंकमा मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२० खोलेका नेपाली सेनाका राम बहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत सात लाख रूपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको मेगा बैंकले जनाएको छ ।
मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैंकले तलबी खातामा बीमा सुविधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।
न्यूनतम एक हजार रूपैयाँ मौज्दातमा खोल्न सकिने मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२० मा बैंकले हरेक खातावालाको सात लाख रूपैँयाको दुर्घटना बीमा गरिदिएको छ । ग्राहक र उनीहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले यो योजना ल्याएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया