प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता
काठमाडौ । प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच एमओयू सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्धनिर्देशक दिनेश थकाली र क्वेस्ट इन्टरनेशनल कलेजका बीबीए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् ।
देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरूलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यावहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समझदारीपत्रमा सम्झौता भएको हो । सो सम्झौताअनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बीबीए तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने हेतुले प्रभु क्यापिटलले सेयरबजारसम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने साथै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मदत पुग्नेलगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकल्टी मेम्बर तथा विद्यार्थीहरूसँग सहकार्य गर्ने सम्झौता भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया