सिभिल मलको सुपर कट सैलुनमा दशैँ अफर, सबै किसिमका सेवामा छुटैछुट
काठमाडौं । हाम्रो कट, राम्रो कट, सुपर कट भन्ने नारासहित सञ्चालनमा आएको काठमाडौंको सिभिल मलमा रहेको सुपर कट सैलुनले चाडपर्वको अवसरमा छुटैछुटको अफर ल्याएको छ । उत्कृष्ट सेवाको कारण सबैको रोजाईमा पर्न सफल भएको यो सैलुनले चाडपर्वलाई अझै रमाइलो र उल्लासमय बनाउनको लागि आफ्ना विभिन्न सेवाहरुमा छुटैछुटको अफर ल्याएको उक्त सैलुनका सञ्चालक वीरेन्द्र ठाकुरले जानकारी दिए ।
सञ्चालक ठाकुरका अनुसार चाडपर्वका अवसरमा केराटिनमा ५० प्रतिशत, हेयर स्टे«टमा ५० प्रतिशत, हेयर कलरमा ३० प्रतिशत, फेसियलमा ३० प्रतिशत छुट दिने अफर ल्याइएको हो । यसैगरी सीमित अवधिको लागि सबै किसिमको सेवामा २० प्रतिशतसम्म छुट दिनेछ । सैलुनका सञ्चालक ठाकुरका अनुसार यो छुट अफर दशैँ र तिहारसम्म कायम रहनेछ । ‘तालिम प्राप्त कुशल र अनुभवी कर्मचारी, ग्राहकहरुप्रति गरिने व्यवहार र उत्कृष्ट सेवा कै कारण सैलुन सबैको पहिलो रोजाइमा पर्न सफल हाम्रो यो सैलुनले चाडपर्वलाई अझै उल्लासमय बनाउन यो अफर ल्याएको हो’, ठाकुरले भने, ‘हामीकहाँ सामान्य ग्राहकदेखि लिएर कलाकार, पत्रकार, गायक गायिका, मोडल, बैंकर, सबै किसिमका व्यवसायीहरु सेवाको लागि आउनुहुन्छ ।’ उनीहरुले उत्कृष्ट सेवाकै कारण नियमितरुपमा सौन्र्दयसम्बन्धी सबै सेवाको लागि सुपर कटमा नै आएको बताए ।
ठाकुरले सुपर कट सैलुनको शाखा राजधानीका अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने लक्ष्य रहेको जानकारी दिए । सिभिल मलभन्दा अघि राजधानीकै कुमारी पाटीमा समेत सेवा दिएको र हाल अमेरिकाको न्युयोर्क र र युएईको अबुधावीमा पनि शाखा सञ्चालनमा रहेको ठाकुरले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया