काठमाडौं । सरकारले महंगा चारवटा वस्तु आयातमा प्रतिबन्ध जारी राख्दा राजस्व संकलनमा गम्भीर धक्का लागेको छ । जुन वस्तुहरु अवैध मार्गबाट ल्याउन सम्भव हुँदैन ती वस्तुहरुलाई सरकारले आगामी मंसिर २९ गतेसम्म आयात प्रतिबन्ध जारी राखेको छ । गाडीलगायतका महंगा वस्तुहरु आयात प्रतिबन्धले भन्सारहरुले आफ्नो लक्ष्यअनुसार राजस्व संकलन गर्नसकेका छैनन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका तयारी मदिरा, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोनसेटहरु, जिप, कार र भ्यानहरु तथा एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातलाई आउँदो मंसिर २९ गतेसम्मका लागि आयात प्रतिबन्ध लगाएको हो ।
सरकारी खातामा विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी गाडी, मोबाइल, तयारी मदिरा, मोटरसाइकल, तास, टिभीलगायतका १० वस्तुमाथि आयात प्रतिबन्ध लगाएको थियो । त्यसपछि भदौ १३ गते राजपत्रमा सूचना प्रकाशित गरी तास, कुरकुरे, लेज, टिभी, हिरा, चुरोट तथा सूर्तीमाथिको प्रतिबन्ध खुलाएको थियो । तर, तयारी मदिरा, स्मार्टफोनहरु, जिप, कार र भ्यान तथा १५० सीसी माथिका मोटरसाइकलको आयात भने असोज २८ गतेसम्म प्रतिबन्ध जारी राख्ने निर्णय गरेको थियो । चुनावको बेला सरकारले ती वस्तुको आयात खुला गर्ने अपेक्षा गरिएको बेला सरकारले शुक्रबार फेरि राजपत्रमा सूचना प्रकाशित गरी ती चार वस्तुको आयातमाथिको प्रतिबन्ध आगामी मंसिर २९ गतेसम्म जारी रहने उल्लेख गरिएको छ ।
व्यापारीहरुले गाडीलगायतका चारवटै वस्तुमाथिको प्रतिबन्ध खुलाउन सरकारलाई दबाब दिएका थिए । तर, अर्थ मन्त्रालयले भने सरकारी खातामा विदेशी मुद्राको सञ्चिति बढेपछि बीचमै पनि आयात खुला गर्न सकिने भन्दै हाललाई आयात प्रतिबन्ध जारी राखेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिमा वस्तु आयात खुला गर्ने वा प्रतिबन्ध जारी राख्ने भन्ने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । अर्थले तत्काल ती चार वस्तुको प्रतिबन्ध खुलाउन नहुने राय दिएपछि मन्त्रिपरिषद्ले आयात प्रतिबन्ध जारी राख्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी यसको जानकारी गराएको हो ।
सरकारले गाडीलगायतका चार वस्तुमाथि आयात प्रतिबन्ध लगाउँदा वस्तु आयातको प्रतिशत घटेको छ भने राजस्वमा ठूला मार परेको सरकारी तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज २८ गतेसम्म लक्ष्यको १३ दशमलव ९३ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यो निराशाजनक अवस्था हो । सरकारले चालू आवमा १४ खर्बभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिए पनि पहिला तीन महिनामा १ खर्ब ९५ अर्ब भन्दा राजस्व संकलन गरेको छ । महत्वपूर्ण चाडबाडको समयमा धेरै आयात हुँदा यो बेलामा राजस्व संकलन धेरै हुने अपेक्षा सरकारको थियो । ‘आर्थिक वर्षको पहिलो चार महिना नेपालमा चाडबाड धेरै हुने भएको कारण यो बेला आयात बढेर राजस्व संकलन धेरै हुनुपर्नेमा आयात प्रतिबन्धले राजस्व संकलनमा असर गरेको प्रष्ट देखिन्छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया