एनसीसी बैंकद्वारा ११ प्रतिशत लाभांश वितरणको घोषणा
काठमाडौं । नेपाल क्रेडिट एन्ड कर्मस बैंक (एनसीसी)ले ११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकको शनिबार सम्पन्न भएको सञ्चालक समितिको नौ सय १०औँ बैठकले वितरणयोग्य रकमबाट आफ्ना सेयरधनीहरूलाई बोनस तथा नगद समेत गरी उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सोअनुसार हाल कायम रहेको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ लाख १४ रूपैयाँमध्येबाट तीन दशमलव ३६ प्रतिशतले हुनआउने ३७ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको सात दशमलव ६३ प्रतिशतले हुन आउने ८५ करोड तीन लाख ६४ हजार पाँच सय ८२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने जानकारी बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया