‘सानिमा थ्री इन वान’ खातामा सुविधा थप
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्री इन वान’ खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरूले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सि आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् । साथै, थ्री इन वान पोर्टलको ड्यास बोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरू लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरूले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सी–आस्वा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्तरूपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरूले अनलाइनमार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आईपीओमार्फत सेयर खरिद गरेका ग्राहकहरू समेत केही प्रक्रियाहरू पूरा गरी सानिमा थ्री इन वान खातामार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ । सानिमा बैंककोे सातै प्रदेशमा एक सय २९ वटा शाखा कार्यालयहरू र एक सय २२ वटा एटीएम सञ्जालहरू रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया