काठमाडौं । सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्ट्रि (पीसीएफए)सँग साझेदारी गरेको छ, जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ ।
पीसीएफएले विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरूले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रूपमा लेखांकन, मूल्यांकन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरूको सहकार्य हो । पीसीएफएमा विश्वभर छवटा महादेशका तीन सयभन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भइसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया प्रशान्तमा पनि तीव्ररूपमा विस्तार भइरहेको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरूबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पु¥याउने कुरा बताए । सानिमा बैंकको सातै प्रदेशमा एक सय २९ वटा शाखा कार्यालयहरू र एक सय २२ वटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया